
काठमाडाैं । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।
कास्की प्रहरीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ । उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ ।
जहाजमा ६८ जना यात्रु सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।