गण्डकीका मुख्यमन्त्री अधिकारी पुगे विमान दुर्घट्नास्थलमा

काठमाडौं । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगेका छन् । एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ । दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिन्छ । घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१