विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा चालकदलका सदस्यसहित ७२ यात्रु सवार थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१