आन्तरिक उडानका सबै विमानकाे प्राविधिक परीक्षण गर्न सरकारकाे निर्देशन

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१