• २०८३ असार ९
  • 2026 June 23, Tuesday

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

  • २०७९ माघ ३, मङ्गलबार ११:१५

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् ।

प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।

जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उनलाई विश्वासको मत दिएको छ ।

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ । मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस सहित ६ दलको विश्वास जुटाउन सफल भएका छन् ।

सरकारलाई विश्वासको मत दिए पनि गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताए ।

  • २०७९ माघ ३, मङ्गलबार ११:१५