
काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजेका लागि तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ ।
सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर, यसपटक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् ।
माओवादीसँग आधा कार्यकालका लागि सभामुख र प्रधानमन्त्रीमा समझदारी भएअनुसार सहमति कार्यान्वयन हुँदा घिमिरेले अढाई वर्षपछि सभामुख पद छाड्नुपर्नेछ ।
झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।