नेमकिपालाई प्रमुख विपक्षी दल तोक्न सांसद प्रेम सुवालको माग

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभामा प्रमुख विपक्षी दल तोक्न माग गरेको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए । प्रतिनिधि सभामा नेमकिपाबाट १ जना सांसद छन् ।

उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन् । नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएका थिएनन् ।

‘सरकारलाई विश्वासको मत नदिएको सबैभन्दा ठूलो दल नेमकिपा हो । नेमकिपा नै विपक्षी दल हो । सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन सक्दैन,’ उनले भने ।

सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले आफूहरू विपक्षी दल भएको दाबी गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१