हत्या अभियोग लागेका सांसद संसदमा, कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

बिहीबारकाे संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै गृहमन्त्री रवि लामिछानेकाे ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा खतिवडाले भने, ‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१