
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले बलत्कारको आरोपमा खेल जिवनभन्दा बाहिर रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काउने विषयमा छलफलमा रहेको बताएको छ ।
पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।
बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।