• २०८३ असार २१
  • 2026 July 05, Sunday

सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी, गृहमन्त्रीको मुद्दामा आदेश आउँदै

  • २०७९ माघ १३, शुक्रबार १०:१९

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको छ।

सर्वोच्चमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली नियमित रहने गरेको छ । तर, केही बेरअघिबाट अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त सिंहदरबारबाट थप टोली खटाइएको छ ।

सुनुवाइ सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरू फैसलाको गृहकार्यमा लागेका छन् ।

  • २०७९ माघ १३, शुक्रबार १०:१९