
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नियमापत्ति जनाएका छन् ।
संसदमा रघुजी पन्त र शक्ति बस्नेतले संविधान कार्यान्वयनको विषय, धर्म निरपेक्षताको विषयलाई उठाएपछि शाहीले नियमापत्ति जनाएका हुन् ।
उनले सीता नेपालकी छोरी, विश्वको प्रशिद्ध ग्रन्थ बेद नेपालको भन्दै कोही नास्तिक नहुने दावी गर्दै संविधान संशोधनीय भएको बताए ।
धर्म निरपेक्षताको विषयमा भएको बहसलाई किन सार्वजनिक गरिएन भन्दै उनले प्रश्न पनि गरे ।
शाहीले नियमापत्ति जनाएपछि बोल्न खोजेका सांसद शक्ति बस्नेत र नेकपा एमालेका सांसद रघुजी पन्तलाई सभामुखले बस्नुहोस् भन्दै रोकेका थिए ।