
काठमाडाैं । सुनकाे मूल्य शुक्रबार तोलामा १४ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो ।
आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगाे भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।