
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला १ लाख ४ हजारमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ।