
काठमाडाैं । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।
टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जीवितै उद्धार गरेको छ ।
एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जीवितै निकालिएको थियो ।
यस्तै, सोही स्थानबाट थप दुई महिलाको जीवितै उद्धार गरिएको थियो । टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो ।
यस्तै, टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेर हर्षविभोर भएका थिए ।
एम्बुलेन्सले ती महिलालाई अस्पताल लिएर गएपछि उद्धारकर्ताहरूले एकअर्कालाई ताली बजाउँदै र अँगालो हालेका थिए।
मंगलबार पनि सोही ठाउँबाट एक ४६ वर्षीया महिलालाई उद्धार गरिएको थियो ।
विनासकारी भूकम्पमा परी टर्की र सिरियाका कम्तपमा ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।