
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ।
केन्द्रीय बैंकको विनिमय दरअनुसार बिहीबार अमेरिकी डलर १ को खरिद दर १३२.१९ र बिक्री दर १३२.७९ रुपैयाँ छ।
त्यसैगरी, युरो १ को खरिद दर १४१.६८ र बिक्री दर १४२.३२ रुपैयाँ छ।
यस्तै, कतारी रियाल १ को खरिद दर ३६.२४ र बिक्री दर ३६.४० रुपैयाँ छ । अष्ट्रेलियन डलर एकको खरिद दर आज ९१.६३ र बिक्री दर ९१.८१ रुपैयाँ छ।