सुनको मूल्य लगातार ओर्लियो, आज कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख २ हजार ५ सय र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन १ लाख ३ हजार , तेजाबी सुन १ लाख २ हजार ५ सय र चाँदी १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१