बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसा तोकिएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा बढेको हो ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३० पैसा पाइन्छ ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८४ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा पाइन्छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १० पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१