सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ ।

यो मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा छापावल, एक लाख २ हजार रुपैयाँमा तेजावी र १२ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१