भक्तपुरकाे जंगलमा एक पुरुषकाे शव फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८, आशापुरीमा रहेको सामुदायिक जंगलमा एक पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष मृत भेटिएकाे प्रहरीले जनाएकाे हाे ।

घटनाकाे थप विवरण बुझ्नका लागि जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१