सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार, तेजावी सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।यस्तैगरी सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा, तेजावी सुनको मूल्य १ लाख २ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१