नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकामा बधाई दिएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘आइसिसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१