बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ । मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकल यात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो । बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ।

बससहित चालक स्याङ्जाको आँधी खोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१