सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आजको कारोबार भाउ निर्धारण गर्दै महासङ्घले सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१