कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइसकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । यसअघि कृषि विकास बैंकको अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएसँगै पुडासैनी अध्यक्षमा चयन भएका हुन् ।

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत रहेका थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१