फिल्म ‘बिहेपास’ वैशाख १ गते प्रदर्शन हुँदै

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । विवाहको लागि युवतीको मन जित्न प्रमुख पात्रले बुन्ने योजना र त्यसबारे यथार्थ खुलेपछि सम्बन्धमा आउने उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।

फिल्ममा दयाहाङले सीआईबी अफिसरको भूमिका निर्वाह गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् ।  उनको पछिल्लो फिल्म ‘उत्सव’ डेब्यु फिल्म ‘होस्टेल’ थियो ।

प्रवेश पौडेल निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झाको पनि अभिनय छ । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१