कैलालीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं। कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको माइक्रो बसले गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीलाई ठक्कर दिदा मृतकको घटनास्थलमै मृत्यु भएको हो ।

चौधरीलाई ठक्कर दिने माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले बताए ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१