मेवाको दाना खाँदा मिल्नेछ फाइदै फाइदा

काठमाडौं । मेवा एक यस्तो फल हो जुन गर्मी र जाडौ दुबै मौसममा खाइन्छ । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। मेवाको फल जस्तै यसभित्र हुने मेवाको दाना पनि उत्तिकै फाइदाजनक हुन्छ । धेरैजसो व्यक्तिहरु मेवा खाएर त्यसका दाना फाल्ने गर्छन् । तर यसको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ ।

धेरै जसो फलफूलको बीउ स्वास्थ्यका लागि राम्रो हुँदैन तर मेवाको बीउमा भने त्यस्तो हुँदैन । तिनीहरूले बोसो पग्लने काम धेरै राम्रोसँग गर्छन्। किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले बोसो बढ्नबाट रोक्न काम गर्छ।

मेवाको दानाले महिनावारीको दुखाइमा पनि आराम दिन्छ। यसले पेट दुखाइ कम गर्छ। यसबाहेक, तिनीहरूले कोलेस्ट्रोल नियन्त्रण गर्न पनि काम गर्दछ।

यसमा मोनो सेचुरेटेड फ्याटी एसिड हुन्छ। यसले आन्द्रालाई स्वस्थ राख्न पनि काम गर्छ । यसमा प्रोटियोलाइटिक इन्जाइमहरू छन्। जुन पेटको लागि राम्रो छ। मुटुका लागि पनि यो निकै राम्रो मानिन्छ । यसको फाइबरले रक्तचाप नियन्त्रण गर्ने काम गर्छ।

मौसम परिवर्तन भइरहने कारण मानिसमा विभिन्न प्रकारका भाइरलहरुले सताउने गर्छ । मेवाको दानाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले शरीरमा हुने विभिन्न इन्फेक्शन र भाइरलबाट बचाउँछ ।

मेवाको दानामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले पेट र शरीरका विभिन्न अंगहरुमा हुने विषाक्त पदार्थहरु बाहिर निकाल्छ । जसले पेट सफा गर्न मद्दत गर्छ । यदि पेटमा विभिन्न प्रकारका किराहरु परेमा यसले त्यस्ता किरालाई नाश गर्छ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।

मेवाको दानाले छालालाई सफा राख्न पनि मद्दत गर्छ । यसको दानालाई अनुहारमा लगाउन सकिन्छ जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदीलाई कम गर्छ ।

मेवाको दानामा प्रोटिनको मात्रा धेरै हुन्छ । जो व्यक्ति जिम गएर मसल्स बनाउँछन् त्यस्ता व्यक्तिहरुले मेवाको दानाको सेवन गर्न आवश्यक छ । हरेक दिन मेवाको दानाको पाउडर खाँदा शरीरको आकार मिल्दै जान्छ ।

मेवाको दाना मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ । मधुमेहको समस्यामा मेवाको दानाको सेवन गर्न आवश्यक छ । यदी, तपाईं मिर्गौलाको कुनै पनि समस्याबाट चिन्तित हुनुहुन्छ भने त्यसका लागि मेवाको दानाको सेवनले फाइदा पुर्‍याउँछ ।

यसरी औषधोपचारमा पनि प्रयाेग गर्न सकिन्छ  मेवा : 

दाद आएमा– काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।

जिब्रो फुटेमा– काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान र वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

घाँटीभित्रबाट सुनिएमा– काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २,३ दिनमा ठिक हुन्छ ।

मलद्वारसम्बन्धी समस्यामा– मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

हाडजोर्नी– जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

प्रतिरोधी क्षमतावृद्धिमा– यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

रजस्वला अनियमित भएकोमा– मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउँछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१