काठमाडौँमा एक पुरुष र महिला मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँमा एकै दिन दुई जना मृत फेला परेका छन् । काठमाडौँको शंखरापुर र बुढानीलकण्ठमा एक पुरुष र महिला मृत अवस्थामा फेला परेका हुन् ।

शंखरापुर नगरपालिका-६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका-५ बस्ने ५५ वर्षीय पुण्य प्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बुढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१