सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको जनकारी दिएको छ । आजको मूल्य तोक्दै महासङ्घले हिजोकै दरमा आजको कारोबार हुने जानकारी दिएको हो ।

यसअनुसार, आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१