
काठमाडाैं । रूसको राजधानी मस्को नजिकैको क्षेत्रमा एउटा ड्रोन दुर्घटनामा परेर खसेको छ ।
युक्रेनले आक्रमण प्रयासका लागि गन्तव्य खोजिरहेका बेला यो ड्रोन दुर्घटनामा परेको अनुमान गरिएको छ ।
तर रूसी भूमिभित्र आक्रमणलाई लिएर युक्रेनले कुनै जिम्मेवारी लिएको छैन ।
यो ड्रोन खसेको स्थाननजिकै रूसको सरकारी ऊर्जा कम्पनी ग्याजप्रोमको एउटा शाखा छ । यो स्थान मस्कोबाट केबल १०० किलोमिटर दूरीमा छ ।
गभर्नर आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, ‘ड्रोनको निशाना कोलोमनामा सम्भवत: एक बाक्लो वस्तीयुक्त क्षेत्र थियो । तर सम्भावित क्षति टरेको छ । कुनै किसिमको धनमालको पनि नोक्सान भएको छैन । रूसको सेक्युरिटी सर्भिस र अरु एजेन्सीले यसबारे जाँच गरिरहेका छन् ।’
रूसी सञ्चारमाध्यम र अधिकारीहरुको तर्फबाट जारी गरिएको फोटोमा यो ड्रोन रुखरुहरुको बचीमा खसेको देख्न सकिन्छ । जसको वरपर बाक्लो हिउँ पनि छ ।