यू १९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

काठमाडाैं । नेपालले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

युएईको आजमानस्थित इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८. ५ ओभरमा अलआउट भएर १ सय ९१ रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । देव बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका लागि ध्रुव परासरले ३ तथा कप्तान आयन खान र हरितहर्ष सिट्ठीले २-२ विकेट लिए । यस खेलमा विजयी हुने टोली आगामी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१