यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट

काठमाडाैं । यूएईस्थित इडेन गार्डेन ओभल अज्मान मैदानमा एसिया रिजन छनोट अन्तर्गतको खेलमा अपराजित रहँदा अन्तिम खेलमा यूएईमाथि ६ रनको नाटकीय जित निकाल्दै नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

जितका लागि नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८.८ ओभरमा अलआउट भयो । नेपालको जितमा दिपेश कँडेलले ४७ औँ ओभरमा तीन विकेट लिए ।

यूएईका इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रन योगदान गरे ।

नेपालको बलिङमा दिपेश कँडेलले सर्वाधिक ५ विकेट लिए । हेमन्त धामी र सुबास भण्डारीले दुई–दुई विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नेपाल ७ बल बाँकी रहँदा अलआउट भएर १ सय ९१ रनको योगफल तयार पारेको थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१