
काठमाडौं । फेवातालमा शनिबार दिउँसो अत्याधिक हावाहुरीका कारण डुंगा पल्टिँदा एक जना गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय वृद्धा याममाया गिरी छ्न् ।
शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए । उनका अनुसार डुंगा ६ सवार ६ जनाको उद्धार गरिएको छ ।
घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार डुंगामा गिरीसहित ६ जना सवार थिए । बाँकीको अवस्था भने सामान्य छ ।