
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै सर्भरमा आएको समस्याका कारण नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको जनाएको छ । कार्यालयबाट जारी हुने स्मार्ट कार्ड वितरण कार्य भने नरोकिने जनाइएको छ ।
आइतबारका लागि बायोमेट्रिकका लागि समय तय भएका सेवाग्राहलाई २५ फागुन १० बजे कार्यालयमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ ।