रहेनन् ‘जापान टाेकियाे’ गीतका गायक लम्साल

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ ।

१२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । लम्साल पहिल्यैदेखि बिरामी थिए । उनलाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो ।

लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ । राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।

‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् ।

‘जापान टोकियो’ उनको सर्वाधिक चर्चित गीत हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१