दोलखाको डाडाँगाउँमा बोलेरो दुर्घटना, १६ जना घाइते

काठमाडौं । दोलखाको डाडाँगाउँमा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । आज दिउँसो नाम्दुबाट मैनापोखरीका लागि छुटेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित डाडाँगाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।‌

उनीहरुलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक तामाङले जानकारी दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१