प्रतितोला १ हजारले घट्यो सुन, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौ‌ं। आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै,  महासंघका अनुसार आज  तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कायम छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१