श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइएको छ ।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको श्री एयरको ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हुँदा धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो ।

उक्त जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित यात्रु सुरक्षित छन्।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१