
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार ५ सय रुपैयाँले घटेको हो ।
त्यसैगरी, संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ हजार २ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।