नेपाली मोडल अञ्जली लामा अभिनित फिल्मको गीत ओस्कार अवार्डमा मनोनित

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले समेत अभिनय गरेको फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको छ ।

यो गीतमा लामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग देखिएकी छन् ।

नेपाली समयानुसार आगामी मंगलबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुनेछ । अभिनेत्री फर्नान्डिजले यो गीतलाई इन्स्टाग्राममा सेयर गर्दै ओस्कार अवार्ड जित्ने आशा व्यक्त गरेकी छन् ।

उक्त गीत ‘अप्लज’लाई डायनी वारेनले गाएकी हुन् । नेपालबाट मोडलिङ करिअर सुरु गरेकी अञ्जली लामा पछिल्लो समय न्युयोर्क फेसन वीकमा समेत देखिएकी थिइन् ।

त्यसअघि उनले मुम्बईमा फेसनसहित उक्त फिल्ममा समेत काम गरिन् । ‘टेल इट लाइक अ वुमन’ सन् २०२३ को अमेरिकी र इटालेली एन्थोलोजी फिल्म हो, जसले पर्दा पछाडि कार्य गर्ने महिलाहरुको कथा भन्छ ।

यसलाई संसारका विभिन्न भागमा छायांकन गरिएको थियो ।

ओस्कारमा उत्कृष्ट मौलिक गीत विधामा तेलुगू फिल्म ‘आरआरआर’को ‘नाटु नाटु’ पनि मनोनित छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१