यस्तो छ आज विदेशी मुद्राको विनिमयदर,कतिमा भएको छ कारोबार ?

काठमाडौं । शुक्रबार राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

तेस्तै, एक युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ ।

त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँमा तीन पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ दुई पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ आठ पैसा पाइन्छ ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ । त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१