
काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा आइतबार दुर्घटना भएको हो ।
बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्हरीका अनुसार बसमा २९ जना यात्रु सवार थिए । उद्धारको कार्य चलिरहेको छ ।