फेरि बढ्यो सुन–चाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुन चाँदीको मूल्य फेरि बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ३ हजार ५ सय रूपैयाँ पुगेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

संघका अनुसार आइतबार चादीको मूल्य २५ रुपैयाँले बढेको छ ।

शुक्रबार एक हजार २ सय २० रुपैयाँमा कारोबार भएकोमा आइतबार एक हजार २ सय ४५ रुपैयाँमा किनबेच भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१