सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ

काठमाडौं । दाङबाट प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

२९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१