
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भयो ।
खराब सुरुवात गरेकाे नेपालले पावर प्लेमा तीन विकेट गुमाएकाे थियाे ।
चौथो नम्बरमा क्रिजमा आएका कप्तान रोहित पौडेलले आरिफ शेखसँग छैटौँ विकेटका लागि ८६ रनको साझेदारी गरी सर्वाधिक ७७ रन बनाएर नेपालको योगफल मजबुत बनाएका थिए ।
रोहितले १ सय १२ बल खेल्दै ९ चौका प्रहार गरे ।
चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गरी इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।
आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भएका थिए ।