काठमाडौंका मेयर बालेन शाह आज लन्डन जाँदै

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाँदैछन् ।

‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि मेयर साह लण्डन जान लागेका हुन् । मेयर साहको लण्डन भ्रमणबारे कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ ।

उक्त कार्यक्रममा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१