सवारी दुर्घटनामा एकको मृत्यु, आठ घाइते

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–६ मा रहेको बिसौनी मोडमा दुई सवारी साधन एक आपसमा ठोक्किएर सडकमुनि खस्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रदेश ३ ०१–०००३ क ६१७० नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर सडकभन्दा २० मिटर तल खस्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेका अनुसार दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा ६ जना पुरुष र दुई जना महिला घाइते भएका छन् । सबैको सनाखत हुन बाँकी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१