अमेरिकामा धमाधम बैंक बन्द, बचत सुरक्षित रहेकाले नआत्तिन सरकारकाे आग्रह

काठमाडाैं । अमेरिकामा धमाधम एकपछि अर्काे बैंक बन्द भएकाे छ ।

देशकै ठूलो मध्येको एक सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि नियामक निकायले न्युयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् ।

अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र एफडीआईसीले संयुक्त विज्ञप्ति निकालेर बैंक बन्दको घोषणा गरेका न्युयोर्क टाइम्सले जनाएको छ ।

सम्भावित बैंकिङ सङ्कट रोक्नका लागि सिग्नेचर बैंक बन्द गराएको विज्ञप्तिमा उल्लेख छ ।

नियामक निकायले बैंक बन्द भए पनि बैंकका बचतकर्ताहरूको रकम सुरक्षित रहेको भन्दै बचतकर्तालाई आफ्नो बचतमा पूर्ण पहुँच रहेको जनाएका छन् । सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्नेमध्येको एक मुख्य बैंक हो ।

यसअघि अमेरिकी नियामक नियकाले शुक्रबार बैंक सिलिकन भ्याली बन्द गराएर बैंकमा रहेकाे सम्पूर्ण रकम आफ्नो कब्जामा लिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१