युएईविरूद्ध नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन् ।

आईसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१