आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसामा कारोबार भएको छ ।

त्यसैगरी, युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा तोकिएको छ ।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६० रुपैयाँ ४८ पैसा र बिक्रीमा १६१ रुपैयाँ २१ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४३ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा पाइन्छ ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९४ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १७ पैसा तोकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१